Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दुई बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

कैलाली । प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षका पुरुषलाई पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–८ घर भएका गणेश सिंह ठकुरीलाई पक्राउ गरेको हो ।

ठकुरीले दुईजना बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार ९ वर्षीया र ७ वर्षीया बालिकालाई उनले जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077