Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आगामी निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ : अध्यक्ष नेपाल

    आगामी निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ : अध्यक्ष नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 708
    SHARES

    फाइल फोटो

    काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् ।

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् ।



    एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन् ।



    माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार