Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बैतडीको तेस्रो स्थानमा पनि शंकास्पद वस्तु फेला

बैतडी । सुर्नया गाउँपालिका ३ स्थित सिन्केलेक नजिक मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेको छ।

सडकभन्दा केही तल कपडामा बेरेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो। बिहानदेखि जिल्लामा तीन स्थानमा बमजस्तै शंकास्पद वस्तु भेटिसकेको छ।

शंकास्पद वस्तु भेटिएपछि बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शंकास्पद वस्तु डिस्पोजल गर्ने तयारी गरिरहेको छ।

यसअघि मंगलबार बिहान दशरथचन्द राजमार्गको सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा र महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्ड सुर्नया गेट नजिक रातो कपडामा बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077