Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सर्लाहीका सबै स्थानीय निकायमा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप

    सर्लाहीका सबै स्थानीय निकायमा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 825
    SHARES

    फाइल फोटो

    सर्लाही । सर्लाहीका सबै स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ। आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

    जिल्लाको मलङ्गवा नगरपालिकाबाहेक अरू १९ वटा स्थानीय निकायमा सोमबार नै खोप पुर्याइएको र मलङ्गवामा मङ्गलबार नै खोप पुर्याइने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए। उनका अनुसार जल्लाका २० वटै स्थानीय निकायमा एकैसाथ खोप कार्यक्रम चल्नेछ ।



    बालबालिकालाई खोप लगाउन जिल्लाका स्थानीय निकायहरुले तालिका पनि बनाइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा एक लाख ४० हजार डोज खोप आइपुगेको छ। खोप कार्यक्रम सञ्चालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकहरुलाई अभिमुखीकरण तालिमसमेत दिइएको थियो ।



    ५ देखि १२ वर्ष उमेर समूहका करिब दुई सय जना विद्यार्थी रहेको विद्यालयमा त्यहीँ स्वास्थ्यकर्मी गएर खोप लगाइने छ भने सो सङ्ख्या नपुग्ने विद्यालयका विद्यार्थीलाई नजिकै अर्को विद्यालयमा लगेर खोप लगाइने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार