Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • असार ९ गतेदेखि २७ जिल्लाका बालबालिकालाई फाइजर खोप लगाइने

    असार ९ गतेदेखि २७ जिल्लाका बालबालिकालाई फाइजर खोप लगाइने

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले २७ जिल्लाका पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिएको हो ।



    सोही समूहलाई दोस्रो मात्रा खोप भने साउन २ गतेदेखि ८ गतेसम्म लगाइने भएको छ ।



    काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा महोत्तरी, नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।

    त्यसपछि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई खोप दिइने मन्त्रालयको भनाइ छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार