Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • फाइजर खोप पाँच बर्ष मुनिका बच्चालाई ७३ प्रतिशत प्रभावकारी

    फाइजर खोप पाँच बर्ष मुनिका बच्चालाई ७३ प्रतिशत प्रभावकारी

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1K
    SHARES

    एजेन्सी । कोरोना भाइरस विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको छ ।

    फाइजर आफैले गरेको अध्ययनबाट छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई फाइजर खोप ७३ प्रतिशत प्रभावकारी रहेको देखाइएको हो ।



    यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दावी गरिएको छ ।



    अमेरिकी खाद्य तथा औषधी प्रशासनले आपतकालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार