Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाईँदै

    यी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाईँदै

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि १२ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप लगाउन लागिएको हो ।



    खोप अभियानको दोस्रो चरणअन्तर्गत पहिलो मात्रा भदौ ११ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरुलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने छ।



    मन्त्रालयका अनुसार प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर मधेश प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकको जिल्लाका बालबालिकालाई खोप लगाइनेछ।

    त्यस्तै गण्डकी प्रदेशको बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ, लुम्बिनी प्रदेशको कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र रुकुम पूर्व कर्णाली प्रदेशको रुकुम पश्चिम, सल्यान, रोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट र सुदुरपश्चिम प्रदेशको अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा खोप दिइने मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार