Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप लगाइने

    ५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप लगाइने

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाइने भएको छ ।बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले शुक्रवार भिडियोमार्फत पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने जानकारी दिए ।



    यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।



    अनुसन्धानअनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि उनले अनुरोध गरे । उनले खोप खरिद प्रक्रिया सुरु गरिए पनि कोभ्याक्समार्फत निःशुल्क ल्याउन थालिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार