Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१४ वर्षीया बालिकालाई बलात्कार गर्ने विश्वकर्मा १८ वर्षपछि पक्राउ

सुनसरी । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई घटनाको १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र नगरपालिका-५ का सुरज विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षीया किशोरीलाई आफ्नै घरमा ४ ५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले किशोरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी बेपत्ता भएका थिए ।

घटनामा सर्वोच्च अदालतबाट ९ वर्ष ५ महिना १९ दिन कैद ठहर भई फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले भरौलबाट पक्राउ गरेको हो ।

उनलाई कैद भुक्तानका लागि झुम्का कारागार पठाइएको नेपाल प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077