Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धन बैठक सिट बाँडफाँटमा सकस : कांग्रेस एकातिर, अरु अर्कैतिर

    गठबन्धन बैठक सिट बाँडफाँटमा सकस : कांग्रेस एकातिर, अरु अर्कैतिर

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई धारमा विभाजित बनेका हुन् ।



    सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्यसमेत सहभागी बैठकमा नेपाली कांग्रेसका नेता एकातिर र गठबन्धनमा आबद्ध अन्य दलका नेता अर्कोतिर भएर प्रस्तुत भएका छन् ।



    ‘हामी २०७४ को परिणाम मात्रै आधार मान्न हुन्न भन्ने पक्षमा छौं, अरू दलका नेता २०७४ लाई आधार मान्नुपर्छ भन्ने जसरी प्रस्तुत हुनुभयो,’ गठबन्धनमा आबद्ध कार्यदलमा कांग्रेसबाट प्रतिनिधित्व गरेका एक सदस्यले भने, ‘मोडालिटी को छलफलको सुरुवातमा नै विभाजित मानसिकता देखियो ।’

    बैठकमा कांग्रेसले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन परिणामसमेत आधार मानेर ‘मोडालिटी’ बनाइनुपर्ने प्रस्ताव राखेको हो ।

    तर, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा भने प्रतिनिधिसभामा २०७४ को निर्वाचनमा पाएको सिटसमेत आधार बनाएर ‘मोडालिटी’ बनाउनुपर्ने पक्षमा छन् ।

    गठबन्धनले कार्यदललाई नै सिट बाँडफाँट ‘मोडालिटी’ बनाउने जिम्मा दिए पनि कार्यदलले टुंगो लगाउन नसकेपछि मंगलबारको बैठकबाट बाँडफाँट विषय शीर्ष तहमा प्रवेश गरेको हो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार