Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डका घरबेटीको सैलुङ कन्सट्रक्सन कालो सूचीमा, ३ वर्षसम्म कुनै प्रतिस्पर्धा गर्न नपाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी तथा निर्माणको ठेक्का लिएर काम अलपत्र पार्ने शारदाप्रसाद अधिकारी सञ्चालक रहेको सैलुङ कन्सट्रक्सन कम्पनीलाई कालोसूचीमा राखिएको छ ।

सरकारले सैलुङ निर्माण कम्पनी तथा डिस्टिब्युटर्स लगायत १० कम्पनीलाई कालो सूचीमा राखेको हो । अनुप अधिकारीले सञ्चालन गरेको सैलुङलाई सरकारले कालो सूचीमा राख्दै तीन वर्षका लागि ठेक्का पट्टामा प्रतिबन्ध लगाएको छ।

बालाजु रानीपौवा सडक निर्माण नगरी लापरबाही गरेपछि सैलुङलाई सरकारले प्रतिबन्ध लगाएको हो । एक चाइनिज इन्जिनियरिङ कम्पनी र भारतीय आरभाली इन्फ्रापावर लिमिटेडलाई पनि सरकारले तीन वर्षसम्मका लागि कालो सूचीमा राखेको छ ।

महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज प्रालिलाई दुई वर्षका लागि कालो सूचीमा परेको छ । इटहरीको बलिया कन्ट्रक्सन, काठमाडौंको जोनसन कन्ट्रक्सन, कास्कीको जस्ट इन टाइम, मोरङको एस्पियल ग्रुप अफ इन्जिनियर्स, सुनसरीको सर्जिमेड डिस्टिव्युटर्स र पाँचथरको तुम्येहाङ निर्माण सेवालाई एकरएक वर्षका लागि सरकारीले कालो सूचीमा राखेको छ ।

यस्तो छ सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077