Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कृत्रिम जलाशयमा डुबेका पुरुषको तीन दिनपछि शव फेला

दाङ । कृत्रिम जलाशयमा डुबेका एक पुरुषको तीन दिनपछि शव फेला परेको छ।

दाङको घोराही-१७ मा रहेको कर्जाही कृत्रिम जलाशयमा सोमबार डुबेका घोराही-१७ का ४० वर्षीय अम्मर चौधरीको शव तीनदिनपछि बुधबार फेला परेको हो।

ड्याममा घोंघी टिप्न गएका चौधरी सोमबार कृत्रिम जलाशयमा डुबेपछि निरन्तर बेपत्ता भएका थिए।

सोमबारदेखि खोजी गरिए पनि बुधबार मात्रै उनको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

चौधरीको खोजी कार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077