Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एक करोड १९ लाख जरिवाना सुनाइएका बुढाथोकी पक्राउ

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा एक करोड १९ लाख ४ हजार रुपैयाँ जरिवाना सुनाइएका एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्वी रुकुमको सिस्ने–५ का ३१ वर्षीय अर्जुन बुढाथोकी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढाथोकीलाई सुकेधाराबाट पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले एक करोड १९ लाख ४ हजार रुपैयाँ जरिवानासँगै २४ दिन कैदको फैसला सुनाएको थियो।

उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077