Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सासु कुटेको आरोपमा दुई बुहारी पक्राउ

अछाम । अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिका– ६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार सासुमाथि कुटपिट गर्ने बुहारीहरुको नाम भने खुलेको छैन । स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी न्यौपाने बोल्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077