Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपति भण्डारीले गरिन् सुरक्षा अधिकारीहरुसँग छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान र पूर्वसुरक्षा अधिकारीहरुसँग भेट गरेकी छन् ।

उनले आफ्नो सुरक्षामा खटिएका सुरक्षा अधिकारीहरुसँग बुधबार साँझ भेट गरेकी हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार दोस्रो कार्यकालको सकिनै लाग्दा उनले सुरक्षा अधिकारीहरुलाई बोलाएर धन्यवाद ज्ञापन गरेकी हुन् । भेटमा नेपाली सेनासहितका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको बताइएको छ ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपतिका लागि सेनाको टुकडी परिचालन गर्ने गरिएको छ ।

उनी पहिलो पटक २०७२ कात्तिक १२ मा निर्वाचित भएकी थिइन् । त्यसैगरी दोस्रो पटक २०७४ फागुन २९ मा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077