Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भनाभन हुँदा पत्नीलाई छुरा प्रहार, श्रीमान पक्राउ

एजेन्सी । अमेरिकाको ओक्लोहामा राज्यमा आफ्नी पत्नीलाई छुरा प्रहार गर्ने एकजना पक्राउ परेका छन् ।

ती पुरुषले भनाभन भएपछि पत्नीलाई छुरा प्रहार गरेका थिए । आफ्नी आमालाई जोगाउने प्रयास गर्दा उनीहरूका १२ वर्षीय छोरा पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय समयअनुसार २२ अगष्टको साँझ ६ बजे ओक्लोहामाको एनिडमा एकजना महिलामाथि छुरा प्रहार भएको खबर स्थानीय प्रहरीलाई प्राप्त भएको थियो ।

रगताम्य हालतमा शयनकक्षमा भेटिएकी ३२ वर्षीया महिलालाई हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो ।

पत्नीको नक्कली ‘एयरर पोड्स’लाई लिएर विवाद चर्केपछि सो हिंसा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077