Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युद्धकाबीच युक्रेनले मनायो स्वतन्त्रता दिवस, ठूलो समूहमा भेला नहुन आदेश

एजेन्सी । युक्रेनले बुधबार आफ्नो ३१ औं स्वतन्त्रता दिवस मनाएको छ ।

सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउँदै गर्दा र युद्धको छ महिनाको बिन्दु हुँदै गर्दा रूसबाट थप आक्रमण हुनसक्ने भन्दै नागरिकहरूलाई घरबाहिर ठूलो सङ्ख्यामा ननिस्कन आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा विशेष गरी रुसी क्षेप्यास्त्र आक्रमण गर्न सक्ने डरले कीभका अधिकारीहरूले बिहीबारसम्म राजधानीमा ठूलो जमघटमा प्रतिबन्ध लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077