Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वनस्पति घिउ र तेल निर्यात घट्दै, पाम आयल बढ्दै

    वनस्पति घिउ र तेल निर्यात घट्दै, पाम आयल बढ्दै

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 795
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ ।

    भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठुलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ ।



    विभागका अनुसार साउन महिनामा नेपालबाट १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँबराबरको भटमासको तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो साउनमा ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको भटमासको तेल निर्यात भएको थियो ।



    यो अवधिमा भटमासको तेलको निर्यातमा अघिल्लो साउनको तुलनामा ७ अर्ब ३९ करोड २ लाख रुपैयाँ कमी आएको छ ।
    कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार