Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको पोलिटब्युरो बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ ।

ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेन्डा बनाएका छन् ।

आजको पोलिटब्युरो बैठकमा प्रदेश र प्रतिनिधिसभामा कस्ता उम्मेदवार उठाउने, कसरी जाने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077