Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

भदौ ११ गतेबाट सुरु हुने ‘स्ट्यान्ड अप कमेडी टुर कलेज तिर’मा हिमेश पन्तको प्रस्तुति

काठमाडौँ । ११ भदौबाट अल नेपाल ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने भएको छ । डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजना रहेको टुर बिर्तामोडबाट सुरु हुँदैछ ।

बिर्तामोडपछि विराटनगर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल हुँदै काठमाडाैंका विभिन्न कलेजहरुमा ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ टुर आयोजना हुने कार्यक्रम संयोजक सरोज लम्सालले जानकारी दिए ।

टुरमा कमेडी च्याम्पियन विजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा , सुजन जिम्बा लगायतका कमेडियनहरुको सहभागिता रहनेछ । पहिलोपटक यसरी आयोजना हुन लागेको टुरमा दर्शकको उत्साहजनक सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।

दर्शकले ४ फरक कमेडी गर्ने कमेडियनका प्रस्तुति टुरमा हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077