Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नो पार्टीलाई अवमूल्यन नगर्न गठबन्धनलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका नेताहरुलाई आफ्नो पार्टीलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बालुवाटारमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको हैसियत देखाइदिने समेत बताए।

उनले भने, ‘देशभर उम्मेदवारी दिएको भए १५ देखि २० लाख भोट पाउन सक्दथ्यौं । १५ देखि २० लाख भोट पायौं भने १५/२० वटा सिटलाई कसैले रोक्न सक्दैन ।’

उनले स्थानीय निर्वाचनमा नौ लाख २७ हजार मत पाएको भन्दै यति धेरै मत पाएको पार्टीलाई कसैलाई अवमूल्यन नगर्न चेतावनी दिएका हुन् ।

आउने चुनावमा समानुपातिक मतले पनि आफ्नो पार्टीले हैसियत देखाउन सक्ने भन्दै उनले मूकदर्शक भएर बस्ने आफ्नो पार्टी नभएको भन्दै ख्याल गर्न चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077