Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनको ब्यंग्य - नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काएको छ। सञ्चालकसँग सवाल जवाफपछि डोजर लिएर गएका महानगरका मेयर बालेन्द्र साह (बालेन)ले अवैध संरचना भत्काएका हुन्।

यसअघि बिहान सोही स्थानमा पुगेका शाहसँग घरबेटी द्विराज शर्मासँग झोक्किँदै सवाल जवाफमा उत्रिएका थिए ।  तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् ।

संरचना भत्काएपछि बालेनले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ ?’

उनले अवैध संरचना हटाउन आग्रह गरेका छन्। ‘अब उपरान्त यस्तो गर्न नपरोस्। सबैले आफैं बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनु होला। नक्सा जसरी पास भएको छ, त्यहि अनुसार बनाइ दिनु होला’ उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077