Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

समाजवादीका अध्यक्ष नेपाल भन्छन् - राष्ट्रपतिको पछिल्लो गतिविधिले आशंका पैदा भयो, अनिष्ट त हुन लागेन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा भएको बताएका छन्।

समाजवादी पार्टी पुनर्गठन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिका बारेमा गठबन्धन बैठकमा पनि छलफल भएको र कतै अनिष्ट त हुन लागेको होइन भन्ने प्रश्न उठेको बताएका हुन्।

राष्ट्रपतिले पूर्व आर्मी चिफ बोलाएर भोजन दिने कामले शंका जन्माएको उनको भनाइ छ । उनले अहिले दरबारवाला, राजावादी शक्ति कति क्रियाशील छन् भन्नेमा हेरिरहेको जिकिर गरे।

उनले यसअघि पार्टीभित्रको गुटबन्दी र व्यक्तिवाद हाबी भएका कारण नै आफूहरूले विद्रोह गर्नुपरेको बताए। कम्युनिष्ट भित्र अझै पनि व्यक्तिवादी प्रवृत्ति देखिएकाले सबै सजक हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077