Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा निर्वाचन : इलाम १ मा नेकपा एसबाट झलनाथ खनाल उम्मेद्वार सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् ।

आगमी ४ मंसिरमा हुने संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम–१ बाट खनाललाई सिफारिस गरेका हो ।

यस्तै इलाम–२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस भएका छन् । प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को 'क' र 'ख'का लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नम्बर–२ 'क' र 'ख'का लागि प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतका नाम सिफारिस गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077