Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तस्करीको गहुँ लोड गरिएको ट्रक सशस्त्रको नियन्त्रणमा, चालक पक्राउ

विराटनगर । तस्करीको गहुँ लोड गरिएको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ  ।

मोरङको रतुवामाई नगरपालिका–१ हडियाडाँडाबाट भारतको सोनापुरबाट हडियाडाँडातर्फ आउँदै गरेको को १ ख ४२२१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकबाट दुई सय १० बोरा गहुँ बरामद भएको छ। बोरामा प्याक गरेर ट्रकमा लोड गरेको अवस्थामा १० हजार पाँच सय किलोग्राम गहुँ बरामद भएको हो ।

सशस्त्र प्रहरीको बीओपी बरडंगाबाट खटिएको टोलीले ट्रक चालक सुनवर्षी नगरपालिका–४ का ४८ वर्षीय इन्द्रवेव राजवंशीलाई पनि पक्राउ गरेको छ।

ट्रक र गहुँसहित चालकलाई आवश्यक कारबाहीका लागि बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077