Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

महानगरले खाली गरायो राहदानी विभागको पार्किङ एरिया

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो ।

त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

‘अन्डरग्राउण्ड’ पार्किङमा विभिन्न सामानहरु राखिएको थियो । अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेको महानगरले पछिल्लो दुई दिनयता आफैले डोजर लगाएर संरचना भत्काइरहेको छ ।

नक्सा पास भए बमोजिम अन्डरग्राउण्डमा पार्किङ प्रयोजनमा आए नआएको अनुगमन गर्न महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली विभाग पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077