Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संघीयताको मुद्दा मिलेपछि माओवादीसँग चुनावी तालमेल भयो : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान र अधिकार सहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाउँदै आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको समेत बताए ।

उनले माओवादी केन्द्रपनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको स्पष्ट पारे । उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको पनि स्मरण गरे ।

अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्विरोध रहेको बताए । उनले आफूहरु राम्रो काम गर्ने र गलत तत्वहरूलाई साथ दिन नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077