Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

महानगरले पार्किङस्थलमा राखिएका कुर्सी हटाइदिएपछि राहदानी विभागले जारी गर्‍यो सूचना

काठमाडौं । महानगरले बेसमेन्ट खाली गराएपछि राहदानी विभागले शुक्रबारै एक सूचना जारी गरेको छ । अबदेखि उक्त स्थान सेवाग्राहीका लागि पार्किङस्थलका रूपमा प्रयोग हुने जानकारी विभागले दिएको हो ।

काठमाडौं महानगरपालिकाले शुक्रबार त्रिपुरेश्वरस्थित विभागको पार्किङमा राखिएका कुर्सीहरू हटाएको छ । पार्किङ खाली गराउनका लागि महानगरले उक्त स्थानबाट कुर्सी हटाएको हो ।

विभागको बेसमेन्ट सेवाग्राहीको होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकामा महानगरको टोलीले त्यहाँ भएका कुर्सीहरू हटाएर खाली गरिदिएको थियो ।

हेर्नुस् सूचनाः

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077