Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राहदानी विभागको पार्किङ खुलाउने सूचनापछि मेयर बालेनले भने - चाहेको यत्ति हो

काठमाडौं । अवैध संरचना भत्काउन डोजर लिएर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राहदानी विभागलगायतले धमाधम पार्किङ खुलाउन थालेपछि आफूले यत्ति चाहेको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा राहदानी विभाग र एक नीजि कम्प्लेक्सको सूचनालाई राख्दै यस्तो लेखेका हुन्।

उनले लेखेका छन्, ‘अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ। महानगरको यो अभियान सँधै रहनेछ। महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला।’

शाहले हिजो बुद्धनगरस्थित अल्फाबिटासहितको संरचनामा डोजर लगाएका थिए भने आज राहदानी विभागको वेसमेन्ट खाली गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077