Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हतकडीसहित नदीमा हामफालेर भागेका चौधरी ७ घण्टापछि पक्राउ

कैलाली । कैलालीमा प्रहरीले पक्राउ गरेर ल्याउँदै गर्दा नदीमा हामफालेर हतकडीसहित फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हतकडीसहित नदीमा हामफालेका २८ वर्षीय शंकर चौधरीलाई साँझ ७ः२५ बजे जोशीपुर ४ हसनापुर भन्ने स्थानबाट फेला पारी पक्राउ गरिएको हो ।

शुक्रबार दिउँसो जोशीपुर गाउँपालिका ४ बाणीका चौधरीलाई प्रहरीले पक्राउ गरेर एउटा हातमा मात्रै हतकडी लगाएर प्रहरी कार्यालय लैजाने क्रममा नदीमा हामफालेका थिए ।

उनी केराबारीमा लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

फरार चौधरीलाई खोज्न ईलाका प्रहरी कार्यालय जोशीपुर र ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले उनको घरमा समेत खानतलासी गरेको छ ।

घरबाट ४७ किलो गाँजा बरामद गरेको डीएसपी जोशीले बताए । शंकरविरुद्ध उनका बुबा शम्भुले जाहेरी दिएका थिए । उनले कुटपिट गरेका बाबुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077