Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानमा बाढी पहिरो : करिब एक हजारको मृत्यु, आपतकालको घोषणा

एजेन्सी । पाकिस्तानमा मनसुनी वर्षा जारी रहँदा करिब एक हजार जनाको मृत्यु भएको छ ।

बाढी पहिरोका कारण करिब तीन करोड भन्दा बढी व्यक्ति आश्रयविहीन भएको त्यहाँको सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

लगातारको बाढीका कारण जनधनको क्षति हुने क्रम जारी रहेकाले पाकिस्तान सरकारले आपतकालको घोषणा गरेको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार जुन मध्यदेखि ३४३ बालबालिकासहित कम्तिमा ९३७ जनाको मृत्यु भएको छ । बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको ठूलो क्षेत्रजलमग्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077