Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित पुनः विश्वको सबैभन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा परेका छन्।

मर्निङ कन्सल्टेन्सी सर्भेकाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित शिर्ष स्थानमा छन्।

मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर र इटालीका प्रधानमन्त्री मारियो ड्राघी क्रमशः ६३ र ५४ प्रतिशत अनुमोदन दरसहित दोस्रो र तेस्रो स्थानमा छन्।

२२ विश्व नेताहरूलाई समावेश गरिएको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन ४१ प्रतिशत रेटिङका साथ पाँचौं स्थानमा छन् । मर्निङ कन्सल्ट पोलिटिकल इन्टेलिजेन्सको सर्वेक्षणअनुसार क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो ३९ प्रतिशत र जापानी प्रधानमन्त्री फुमियो किशिदा ३८ प्रतिशत अनुमोदन दरसहित छैटौं र सातौं स्थानमा छन्।

यसअघि जनवरी २०२२ र नोभेम्बर २०२१ मा पनि मोदी विश्वका सबैभन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077