Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा नेपाल नै सनातन हिन्दूराष्ट्रको असली संवाहक हो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल नै सनातन हिन्द राष्ट्रको असली संवाहक भएको बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले गत ६ दिनमा झापादेखि बर्दियासम्म भ्रमण गर्दा पाएको निस्कर्ष भन्दै यस्तो बताएका हुन् ।

धर्मपरिवर्तनको डढेलोमा हिन्दुराष्ट्रको दियो निभ्नु हुँदैन भन्ने विश्वासले जनतामा गहिरो छाप पारेको उनले बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘राप्रपा नेपाल नै सनातन हिन्द राष्ट्रको असली संवाहक हो । राप्रपा नेपाललाई बलियो नबनाई हिन्द राष्ट्र स्थापना हुन सक्दैन । धर्म परिवर्तनको डढेलोमा हिन्दु राष्ट्रको दियो निभ्नु हुँदैन भन्ने विश्वासले जनतामा गहिरो छाप पारेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077