Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति

झापा । झापाको गौरादहमा पायल फर्निचर उद्योगमा आगलागी भएको छ ।

फर्निचर उद्योगमा आगलागी हुँदा करिब १५ लाख मुल्य बराबरको क्षति भएको हो ।

प्रहरीका अनुसार आइतबार बिहान साढे ३ बजे गौरादह नगरपालिका-१ बस्ने मुनिलाल शर्मा गौरादह बजारमा सञ्चालन गर्दै आएको पायल फर्निचरमा विद्युत् सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट फर्निचर परिसरभित्रै बाँस र टिनको छानो भएको टहरा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077