Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश संसदीय अनुगमन विशेष समिति सदस्य तिवारीद्वारा राजीनामा

सप्तरी । मधेस प्रदेशको संसदीय अनुगमन विशेष समितिबाट सांसद रानी शर्मा तिवारीले राजीनामा दिएकी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट सदस्य रहेकी उनले समितिमा सत्तापक्षकै हालीमुहाली रहेकाले आफूले राजीनामा दिएकी हुन् ।

अनुगमनको क्रममा सम्बन्धित मन्त्रालयहरुले समितिलाई आवश्यक कागजातहरु समयमा उपलब्ध समेत नगराएको आरोप लगाइन् ।

समितिका सत्तापक्षीय सदस्यहरुको कार्यअवस्था तथा सरकारको असहयोगका कारण सिँचाई डिभिजन कार्यालय सप्तरीद्वारा संचालन भएको २० करोड रुपैयाँको योजनाहरुको निष्पक्ष अनुगमन गरी सत्यतथ्य पत्ता लगाउन समितिले पाएको १५ दिनको म्यादभित्र प्रतिवेदन पेश गर्न सक्ने अवस्था नरहेको पनि उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077