Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रहरीसँग सेटिङ मिलाइदिने भन्दै रकम असुल्ने बस्नेत पक्राउ

काठमाडौं । प्रहरी हुँ भनि पक्राउ परेकालाई छुटाउने भन्दै रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१४ का २० वर्षीय प्रतिक बस्नेत छन्।

बस्नेतले मदिरा सेवन गरि हो हल्ला गरेको अभियोगमा पक्राउ परेका घोराही उपमहानगरपालिका-१० नारायणपुरका तीन युवाका अभिभावकबाट आफूले प्रहरीसँग सेटिङ मिलाइदिने भन्दै उनीहरूका अभिभावकबाट ५० हजार रकम असुलेका थिए।

बस्नेत पनि झन्डै २२ दिन अगाडि मदिरा सेवन गरि हो-हल्ला गरेको अभियोगमा पक्राउ परेका थिए। प्रहरीले बस्नेत विरूद्ध सार्वजनिक शान्ति सुरक्षा कसुरमा मुद्दा चलाएकाले थुनामा थिए। उनी भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालयको थुनावा कक्षबाट छुटेका थिए।

थुनामा बस्दा भएको चिनजानका आधारमा पक्राउ परेका नारायणपुरका तीन युवाका अभिभावकलाई आफ्नो प्रहरी भित्र सबै सेटिङ रहेको भन्दै छोरा छुटाउने भए पैंसाको लोभ नमानि ५० हजार रूपैंया असुलेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

बस्नेतको मोवाइल लोकेसन ट्रयाक गर्दै जिल्ला प्रहरी कार्यालय प्युठानको सहयोगमा उनलाई प्यूठानको बिजुवारबाट शनिबार पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077