Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एकनाले भरुवा बन्दुकसहित एकजना पक्राउ

काठमाडौं । एकनाले भरुवा बन्दुक सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ घर भएका ४२ वर्षीय रामबहादुर चौधरी छन् ।

गढवा गाउँपालिका–७ स्थित ज्योती सामुदायिक वनबाट करिब १ सय ग्राम बारुद, ४ थान केप, १९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा बरामद गरिएको हो ।

शनिबार साँझ पक्राउ गरेर आरोपीमाथि इलाका प्रहरी कार्यालय गढवाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077