Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिम्बाव्वेविरुद्ध अस्ट्रेलियाको विजयी सुरु

एजेन्सी । जिम्बाव्वेविरुद्धको एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले ५ विकेटको जीत हासिल गरेको हो ।

जिम्बाव्वेले प्रस्तुत गरेको २०१ रनको लक्ष्य अस्ट्रेलियाले ९९ बाँकी छँदा ५ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ५८ रन बनाए ।

स्टीभ स्मिथ र ग्लेन म्याक्सवेलले नटआउट रहँदै क्रमशः ४८ र ३२ रन बनाएर टोलीलाई जीतसम्म डोर्‍याए । यसअघि, प्लेअर अफ द म्याच क्यामरुन ग्रिनले ३३ रन खर्चँदै पाँच विकेट लिए पछि जिम्बाव्वे ४७.३ ओभरमा मात्र २ सय रनमा अलआउट हुन पुगेको थियो ।

जिम्बाव्वेका लागि वेस्ली माधेवेरेले सर्वाधिक ७२ रनको योगदान दिए भने ताडिवानासे मारुमानीले ४५ रन बनाए । अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट लिए । दोस्रो खेल बुधबार खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077