Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तेस्रो टी–२० क्रिकेट : केन्यामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । केन्यासँगको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ ।

नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सरार्फले २० र आदिल अन्सारीले १६ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो । उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले एकरएक विकेट लिए । यो जितसँगै पाँच खेलको शृङ्खलामा नेपालले दुई–एकको अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077