Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

एजेन्सी । भारतले एसिया कप २०२२ क्रिकेटमा पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो।

पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए ।

यस्तै हार्दिक पाण्डेयले अविजित रहँदै ३३ रन बनाए । पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । भारत एसिया कप क्रिकेटको सात पटकको च्याम्पियन हो भने पाकिस्तानले दुई पटक उपाधि जितेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077