Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुस प्रवेश गर्ने युक्रेनीलाई पेन्सन दिने रुसी राष्ट्रपति पुटिनको घोषणा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट रुसमा आउने मानिसहरूलाई पैसा बाँड्ने आदेशपत्रमा हस्ताक्षर गरेका छन् ।

पुटिनले बन्दी, गर्भवती महिला तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई समेत सो रकम वितरण गरिने बताएका छन् ।

रुसको सरकारी पोर्टलमा राखिएको सो आदेशपत्रमा गत १८ फेब्रुअरीयता युक्रेनी भूमि छाडेर रुसमा आउन बाध्य प्रत्येक व्यक्तिलाई मासिक पेन्सनबापत १७० अमेरिकी डलर प्रदान गरिने उल्लेख गरिएको छ ।

उक्त आदेश पत्रमा युक्रेनी नागरिक तथा पूर्वी युक्रेनको स्व–घोषित दोनेत्स्क र लुहान्स्क जन गणतन्त्रका जनतालाई यो आर्थिक सुविधा प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077