Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘निःशुल्क बिजुली दिन सकिन्छ’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भविष्यमा जनतालाई निःशुल्क बिजुली दिन सकिने बताएका छन् ।

तर, आगामी केही वर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै उनले सबैले विद्युत महशुल तिर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले तत्कालका लागि उद्योगहरूलाई डिमाण्ड शुल्क छुट दिन नसकिने पनि संकेत गरे ।

उनले सरकारले कोभिडलगायत कारणले छुट दिएको भन्दै अहिलेसम्म करिब ९३ प्रतिशत विद्युतको पहुँच पुगेको दाबी गरे । आगामी २ वर्षका सतप्रतिशत विद्युतको पहुँच पुर्‍याउने लक्ष्य सरकारले लिएको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077