Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानमा बाढी : १० वटा पुल भत्किए, सयौं मानिस नदी पारी फसे

एजेन्सी । पाकिस्तानमा खैबर पख्तुन्ख्वा प्रान्तको मानुर उपत्यकामा आएको बाढीका कारण १० वटा पुल भत्काएको छ ।

सोही पुल भत्किएसँगै सयौं मानिस नदी पारी फसेका हुन् । गत शुक्रबार आएको बाढीमापरि सोही क्षेत्रमा १५ जनाको मृत्यु भएको छ ।

मानुर उपत्यकाको नदीमा फसेका सर्वसाधारणले आफूहरूको उद्धार गर्न बारम्बार अपील गरिरहेका छन् । यद्दपी पुल भत्केका कारण उद्धार कार्यमा भने कठिनाई भइरहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

खोला किनार र नदीमा फसेकाहरूको लागि खाद्यान्नको ब्यवस्था गर्न समेत अप्ठेरो परेको छ । पाकिस्तानमा आएको बाढीका कारण हालसम्म १ हजार ३० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077