Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्रोत नखुलेको साढे २४ लाख रुपैयाँ बरामद

रुपन्देही । स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ रुपन्देही प्रहरीले बरामद गरेको छ ।

उक्त रकमको स्रोतको बैधता नदेखिएकोले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सो रकम प्रहरीले आइतबार राति बेलहिया बाइपासबाट बरामद भएको हो ।

जिल्ला प्रहरी रुपन्देही प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले उक्त रकमको विषयमा अनुशन्धान भइरहेको जानकारी दिए । रुपन्देहीमा पछिल्लो समय यसरी रकम बरामद हुने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077