Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा अदालतबाट १५ लाख जरिवाना ठहर भएका रिमाल पक्राउ

लमजुङ । बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले बेँसीसहर नगरपालिका– ७ बस्ने २९ वर्षीय नवराज रिमाललाई बेँसीसहरबाट पक्राउ गरेको हो ।

विभिन्न बैंकिङ कसुर मुद्दामा लगत कायम भई १७ दिन कैद र १५ लाख ८० हजार जरिवाना तोकेका रिमाल विदेशबाट आएर लुकिछिपी बस्दै आएका थिए ।

उनीविरुद्ध उच्च अदालत पाटनबाट पाँचवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा दर्ता भई ०७६ मंसिर ९ गतेसमेत गरी अन्य विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077