Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादीसँगको अपवित्र गठबन्धन तोडेर एक्लै चुनावमा जाऔं : पार्वती डिसी

    माओवादीसँगको अपवित्र गठबन्धन तोडेर एक्लै चुनावमा जाऔं : पार्वती डिसी

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 528
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी एक सांसदले माओवादीसँगको अपवित्र गठबन्धन तोडेर एक्लै चुनावमा जान सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छन् ।

    सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद पार्वती डिसी चौधरीले यस्तो बताएकी हुन् ।



    माओवादीसँगको अपवित्र चुनावी गठबन्धनले कांग्रेसलाई हित नगर्ने उनले दाबी गरिन् ।



    उनले भनिन्, माओवादीसँगको चुनावी अपवित्र गठबन्धनले न देशलाई न पार्टीलाई, गठबन्धनले दुवै पार्टीलाई फाइदा गर्दैन । यो अपवित्र गठबन्धन जनतासंँगको बेइमानी पनि हो।’

    यसअघिको संसद बैठकमा उनले राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको कदमको स्वागत गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार