Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट लामा पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित १ जनालाई पक्राउ गरिएको छ ।

विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुन ५५० ग्रामसहित एकजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा रहेकी छन् ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भित्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको वस्तु फेला पारी पक्राउ गरेको विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077