Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१४ ग्राम ब्राउन सुगरसहित ६ जना पक्राउ

मोरङ । प्रहरीले १४ ग्राम ६१ मिली ग्राम ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनससरीको रामधुनी नगरपालिका-८ बस्‍ने २७ वर्षीया सरस्वती गुरूङ, सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका- १० बस्‍ने २६ वर्षीय विकास थापा, मोरङको विराटनगर महानगरपालिका- १५ बस्‍ने २४ वर्षीय बरूण साह रहेका छन् ।

यस्तै विराटनगर महाननगरपालिका-३ बस्‍ने ३० वर्षीय आशिस हमाल, धरान उपमहानगरपालिका- १३ बस्‍ने ३० वर्षीय सुलभ रिजाल र धरान उपमहानगरपालिका-२० बस्‍ने २३ वर्षीय रोशन लिम्‍बुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077