Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दै छु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौंको मेयर बालेन्द्र साह (बालेन)ले सेन्टिमेन्टले जितेको बताएका छन् ।

पार्टीको उपत्यका विशेष प्रदेश समितिको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बालेनले सेन्टिमेन्टले जितेको बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताए।

निर्वाचन सेन्टिमेन्ट पनि भएको भन्दै उनले काठमाडौं महनगरका मेयर बालेन साहले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको बताए । उनले भने, ‘विशेष, सम्पर्क र भ्यालीलाई एक ठाउँमा राखेर पदाधिकारीले कमाण्ड गर्ने संरचना बनाउनेबारे सोच्दछौं ।’

चुनावी रिजल्ट निकाल्न उम्मेदवार पनि नयाँ नयाँ ल्याउनुपर्ने अवस्था रहेको उनले सुनाए । जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उनले काठमाडौं उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077