Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौथौ टी–२० क्रिकेट : केन्यासँग नेपाल पराजित, शृंखला २-२ को अवस्थामा

काठमाडौं । केन्यासँगको चौथौ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले पराजित भएको छ । केन्याले दिएको एक सय दुई रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि रोहित पौडेलले ४७ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ केन्याका राकेप पटेलले तीन विकेट लिए ।

यसअघि नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

चौथो खेलमा केन्याले रोमाञ्चक जित निकालेपछि पाँच खेलको शृंखला २-२ को बराबरी अवसथ्मा पुगेको छ । अब मंगलबार हुने अन्तिम खेल नै निर्णायक हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077